६ कार्तिक २०८३, बिहीबार

फर्नेस आयलको ट्याङ्कीमा आगलागी, एक करोड ५६ लाखको क्षति

ड्रागन मिडिया सम्वाददाता

बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल कम्पनीको फर्नेस आयल भण्डारण ट्याङ्कीमा आगलागी हुँदा एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बिहीबार बिहान करिब १ः३० बजे विद्युत् तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए। आगलागीको खबर पाएपछि इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी एक घण्टाभित्र नियन्त्रणमा लिइएको राठौरले जानकारी दिए। क्षतिको विवरण प्रारम्भिक रहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button