साउदी अरबमा नेपालीको मृत्यु भएपछि सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग

ड्रागन मिडिया सम्वाददाता
साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोन अवरोध गर्ने क्रममा खसेको भग्नावशेषले सवारीसाधनमा आगलागी हुँदा नेपाली नागरिकको मृत्यु भएपछि नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। घटनामा एक फिलिपिनो नागरिकको पनि मृत्यु भएको र पाकिस्तानी तथा भारतीय नागरिक घाइते भएको जनाइएको छ।
कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। निर्दोष नागरिकको ज्यान जाने हिंसात्मक घटना मानवता र मानवीय मूल्यविपरीत भएको भन्दै पार्टीले घटनाको निन्दा गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाले साउदी अरबमा कार्यरत नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारलाई गम्भीर पहल गर्न आग्रह गरेका छन्। सम्भावित जोखिमप्रति सतर्क रहन र आवश्यक परे नेपाली नागरिकको उद्धारको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताएका छन्।





