७ कार्तिक २०८३, शुक्रबार

सिचाङमा ७.० परिमाणको भूकम्प, उद्धारमा ३४७ जनशक्ति परिचालन

ड्रागन मिडिया समाचार कक्ष

चीनको दक्षिणपश्चिमी सिचाङ स्वायत्त क्षेत्रको नाग्छु नगरअन्तर्गत बाकेन जिल्लामा बिहीबार राति ७.० परिमाणको भूकम्प गएको छ। चीन भूकम्प सञ्जाल केन्द्रका अनुसार स्थानीय समयअनुसार राति १० बजेर ३३ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु मारु गाउँपालिकामा र गहिराइ १० किलोमिटर थियो।

भूकम्पपछि सिचाङ अग्नि तथा उद्धार टोलीका ३४७ जना, ८२ वटा दमकल र १५ वटा खोजी कुकुर घटनास्थल पठाइएको छ। उनीहरूले उद्धारका लागि ४ हजार २०० भन्दा बढी उपकरण तथा राहत र सहयोगका ९ हजार ४०० भन्दा बढी सामग्री साथमा लगेका छन्।

शुक्रबार बिहानसम्म प्राप्त विवरणअनुसार भूकम्पमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ। कम्तीमा ३३९ घरमा क्षति पुगेको र २० वटा पशु गोठ प्रभावित भएको जनाइएको छ।

उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार र क्षतिको विवरण सङ्कलन गरिरहेको छ। भूकम्पका कारण पहिरो खसेपछि राष्ट्रिय राजमार्ग ३१७ को एउटा खण्डमा आवागमन रोकिएको छ। त्यहाँ उद्धार तथा राहतमा खटिएका सवारीसाधनलाई मात्र चल्न दिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button