फरार कैदी चन्द्र दमाई केसी पक्राउ
ड्रागन मिडिया सम्वाददाता
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका बेला फरार भएका चन्द्र दमाई केसी पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका ४३ वर्षीय केसीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी २०८२ भदौ २४ गते कारागारबाट फरार भएका थिए। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए।
आवश्यक प्रक्रिया पूरा गरी केसीलाई पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।





