पश्चिमी वायुको आंशिक प्रभाव कायमै, चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि शुक्रबार अधिकांश स्थानको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईको मौसम मुख्यतया सफा रहनेछ। कर्णालीका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।
शुक्रबार राति कोशी, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। अन्य हिमाली र पहाडी भूभागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।





