८ कार्तिक २०८३, शनिबार

दसैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी

ड्रागन मिडिया सम्वाददाता

बडादसैँको टीकाको तेस्रो दिन शुक्रबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका वा छुटेकाहरू आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन्।

नेपाली परम्पराअनुसार टीका र जमरा लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म चल्छ। दसैँलाई लामो समयदेखि भेट नभएका आफन्त र परिवारजनसँग पुनर्मिलन हुने अवसरका रूपमा पनि लिइन्छ। यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारा बढाउने विश्वास गरिन्छ।

मान्यजनबाट टीका र आशीर्वाद लिन जानेहरूको चहलपहलले सडक तथा शहर बजारमा आवागमन बढेको छ। दसैँ मनाउन शहरबाट बाहिरिएका मानिसहरू पनि आआफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button