७ कार्तिक २०८३, शुक्रबार

रवि लामिछाने तीनदिने पारिवारिक तीर्थयात्राका लागि भारत जाँदै

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि शुक्रबार भारत जाँदै छन्।

उनको सचिवालयका अनुसार भ्रमणका क्रममा लामिछाने परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ।

तीनदिने भ्रमण पूरा गरी उनी कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button