७ कार्तिक २०८३, शुक्रबार

दुई लाखभन्दा बढी मूल्यका पटाकासहित अटोचालक पक्राउ

ड्रागन मिडिया सम्वाददाता

अवैध रूपमा पटाका ल्याउँदै गरेको आरोपमा प्रहरीले दाङमा एक अटोचालकलाई पक्राउ गरेको छ। भारतको कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमा पटाका ल्याइरहेका बेला गढवा गाउँपालिका–८, चारखम्बाबाट उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५, आलुमण्डीमा बस्दै आएका २५ वर्षीय अनुभव अग्रवाल छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार बरामद पटाकाको बजार मूल्य दुई लाख १० हजार १३६ रुपैयाँ बराबर छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button