केरलका लागि राज्यपाल नियुक्त माथुरसँग सिक्किमका मुख्यमन्त्रीले गरे पद्मनाभस्वामी मन्दिर दर्शन

ड्रागन मिडिया समाचार कक्ष
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ–गोलेले केरलका लागि राज्यपाल नियुक्त भएका श्री ओमप्रकाश माथुरसँगै तिरुवनन्तपुरमस्थित श्री पद्मनाभस्वामी मन्दिरको दर्शन गरेका छन्।


मुख्यमन्त्री तामाङ–गोलेले सामाजिक सञ्जाल फेसबुकमा सन्देश सार्वजनिक गर्दै मन्दिरमा दर्शन र प्रार्थना गर्न पाउनुलाई सम्मान र सौभाग्यको अनुभूति भनेका छन्। उनले भगवान् पद्मनाभस्वामीसँग सिक्किमका जनताको शान्ति, समृद्धि र कल्याणका साथै राज्यको निरन्तर प्रगति, सुख र सद्भावका लागि प्रार्थना गरेको उल्लेख गरेका छन्।
भगवान् पद्मनाभस्वामीको कृपाले सिक्किमका जनताको रक्षा र मार्गदर्शन होस् तथा सबैको जीवनमा आशा, शान्ति र समृद्धि छाओस् भन्ने कामना पनि उनले गरेका छन्।





