८ कार्तिक २०८३, शनिबार

शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

ड्रागन मिडिया सम्वाददाता

बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। लुम्बिनीले उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ।

बायाँहाते ब्याटर तथा अफ स्पिन बलर शमीम आक्रामक खेलशैली र चुस्त क्षेत्ररक्षणका लागि परिचित छन्। उनी सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आइसिसी यु–१९ विश्वकप जित्ने बङ्गलादेशी टोलीका सदस्य थिए।

शमीमले सन् २०२१ जुलाईमा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यही वर्ष टी–२० विश्वकपमा सहभागी बङ्गलादेशी टोलीमा पनि उनी परेका थिए। उनले सन् २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए।

बङ्गलादेश प्रिमियर लिगमा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स र चटगाउँ किङ्सबाट खेलेका शमीमले सन् २०२४–२५ को संस्करणमा चटगाउँ किङ्सका लागि ३५२ रन बनाएका थिए। उनले यसअघि कुनै विदेशी लिग खेलेका छैनन्। एनपिएलमार्फत पहिलोपटक विदेशी लिगमा सहभागी हुन लागेका उनी प्रतियोगिताको आगामी संस्करणमा लुम्बिनीबाट मैदान उत्रनेछन्।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि शुरु हुँदैछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button