पूर्वमन्त्री बास्कोटाद्वारा अर्थमन्त्री वाग्लेको भारत भ्रमणका अभिव्यक्तिको आलोचना

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
भारतमा आयोजित कार्यक्रममा वाग्लेले विगतमा भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भन्ने भाष्य बनेको, तर नयाँ पुस्तामा त्यस्तो सोच नरहेको बताएका थिए।
शनिबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले अर्थमन्त्री वाग्ले भारत पुग्दा नेपाल राष्ट्रविरुद्ध बोल्ने गरेको आरोप लगाए। उनले लेखेका छन्, “अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्।”
वाग्लेको अभिव्यक्तिले राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक तथा ऐतिहासिक समझको कमजोरी देखाएको बास्कोटाको टिप्पणी छ।





