८ कार्तिक २०८३, शनिबार

पाछामा सुक्खा पहिरोको जोखिम बढ्दै, स्थानीय त्रसित

ड्रागन मिडिया सम्वाददाता

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ स्थित पाछा गाउँमा सुक्खा पहिरो फेरि सक्रिय भएपछि बस्ती जोखिममा परेको छ। पहिरोका कारण करिब आधा दर्जन घर प्रत्यक्ष जोखिममा छन् भने तलपट्टि रहेका गोथलीबाङ र बासिनाका बस्तीसमेत प्रभावित हुन सक्ने देखिएको छ।

२०७८ सालको बर्खामा पहिलोपटक गएको पहिरो केही समय रोकिए पनि गत भदौ २० गतेदेखि फेरि झर्न थालेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताए। उनका अनुसार गत बिहीबारदेखि पहिरो ठूलो आकारमा खस्न थालेपछि जोखिम बढेको हो। पहिरो फैलिँदै जाँदा माथिल्लो पाछा गाउँसम्म जमिन चिरा परेको छ।

पहिरो घरनजिकै आइपुगेपछि आफूहरू घर छाडेर छिमेकीकहाँ बसिरहेको स्थानीय उर्मिला ओलीले बताइन्।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको बताए। शुक्रबार स्थलगत अनुगमन गरेका उनले जिल्ला विपद् व्यवस्थापन समितिले प्रभावित परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउने र जनधनको सुरक्षा गर्ने कामलाई प्राथमिकता दिएको जानकारी दिए।

वडाध्यक्ष पाण्डेका अनुसार पहिरोको तत्कालीन र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button