८ कार्तिक २०८३, शनिबार

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते

ड्रागन मिडिया सम्वाददाता

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनी हाल काठमाडौँमा बस्दै आएका थिए। चिकित्सकले उनलाई बिहान १०ः०८ बजे मृत घोषणा गरेका थिए।

शनिबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र घोराहीबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा पहिलो कारका चालक नरेन्द्रबहादुर शाही र यात्रु कुसुम शाही तथा सुभम शाही घाइते भएका छन्। अर्को कारमा सवार ओमभक्त योगी, प्रीति योगी र सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दोस्रो कारका चालक सम्राट नाथ योगीलाई चोटपटक लागेको छैन। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग बिहान १०ः१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button