चीनको सिचाङ भूकम्पमा ज्यान गुमाएकाप्रति पौडेलद्वारा श्रद्धाञ्जली

ड्रागन मिडिया सम्वाददाता
नेपाल–चीन पारस्परिक सहयोग समाजका संस्थापक तथा अध्यक्ष प्रेम सागर पौडेलले चीनको सिचाङ स्वायत्त क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
पौडेलले बेइछेन जिल्लामा गएको भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना प्रकट गर्दै यस कठिन घडीमा सिचाङ र चीनका जनतासँग ऐक्यबद्धता व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारलाई यो गहिरो पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित समुदाय तथा उद्धार तथा राहत कार्यमा खटिएकाहरूको सुरक्षाका लागि पनि पौडेलले कामना गरेका छन्।
यसअघि नेपाल सरकारले सिचाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७ म्याग्निच्युडको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको थियो। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भूकम्पमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना र चीन सरकार तथा जनताप्रति सहानुभूति प्रकट गरेको जनाएको थियो।
उक्त भूकम्पमा १६ जनाको मृत्यु भएको, दर्जनौँ घाइते भएको र सम्पत्ति तथा पूर्वाधारमा व्यापक क्षति पुगेको समाचारमा उल्लेख छ।





