९ कार्तिक २०८३, आईतवार

एसिया कप राइजिङ स्टार्समा नेपालले भारत, यूएई र पाकिस्तानसँग खेल्ने

ड्रागन मिडिया सम्वाददाता

एसिया कप राइजिङ स्टार्स २०२६ को समूह चरणमा नेपालले भारत, संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिताका लागि सार्वजनिक खेलतालिकाअनुसार नेपालका तीनै खेल कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा हुनेछन्।

नेपालले नोभेम्बर २० मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुने उक्त खेलपछि नेपालले नोभेम्बर २२ मा बिहान ११:४५ बजे यूएईसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर २४ मा दिउँसो ३:४५ बजे पाकिस्तानको सामना गर्नेछ।

भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्ने अवसरले नेपाली युवा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताले खेलाडीलाई उच्चस्तरको अन्तर्राष्ट्रिय अनुभव दिलाउनुका साथै नयाँ प्रतिभाको पहिचान र विकासमा पनि सहयोग पुर्‍याउनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गर्दै नेपाली टोलीलाई शुभकामना दिएको छ। संघले ‘एउटै टोली, एउटै सपना—लाखौँ नेपालीको धड्कन एउटै’ भन्ने सन्देश पनि दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button