९ कार्तिक २०८३, आईतवार

वाङ हुनिङको साथमा किम जोङ उनले गरे चीन–उत्तर कोरिया सीमावर्ती सहरको भ्रमण

ड्रागन मिडिया समाचार कक्ष

चीनका शीर्ष राजनीतिक सल्लाहकार वाङ हुनिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई शनिबार उत्तरपूर्वी चीनको ल्याओनिङ प्रान्तस्थित सीमावर्ती सहर दान्दोङको भ्रमण गराएका छन्। दान्दोङ पुग्न किमले हालै सञ्चालनमा आएको नयाँ यालु नदी पुल पार गरेका थिए।

भ्रमणका क्रममा किम र वाङले अमेरिकी आक्रमणविरुद्ध चीनको प्रतिरोध तथा कोरियालाई सहयोगसम्बन्धी युद्ध स्मारकमा पुष्पहार अर्पण गरे। उनीहरूले स्मारकभित्रका ऐतिहासिक सामग्री अवलोकन गरे। किमले उत्तर कोरियाली र चिनियाँ सैनिकले सँगै लडेका घटनासँग सम्बन्धित एक ऐतिहासिक तस्बिर स्मारकलाई उपहार दिएको सिन्ह्वाले जनाएको छ।

वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङको शुभकामना किमलाई सुनाउँदै चीन–उत्तर कोरिया मित्रता र सहकार्यलाई थप अघि बढाउने चीनको प्रतिबद्धता दोहोर्‍याए। नयाँ यालु नदी पुललाई अवसरका रूपमा उपयोग गरी जनस्तरका आवतजावत र व्यापारिक सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

कोरियाली युद्धमा चिनियाँ स्वयंसेवक सेना सहभागी भएको ७६औँ वर्षगाँठको अवसरमा किमको दान्दोङ भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जोड दिएको चिनियाँ पक्षको भनाइ छ। पुल सञ्चालनसँगै सीमापार आवतजावत र व्यापार विस्तार गर्ने संकेत पनि भ्रमणले दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button