अमेरिकी लगानी नियन्त्रण विस्तार गर्ने प्रस्तावप्रति चीनको विरोध

ड्रागन मिडिया समाचार कक्ष
चीनले आफ्नो देशतर्फ जाने अमेरिकी लगानीमा थप नियन्त्रण गर्ने अमेरिकी अर्थ मन्त्रालयको प्रस्तावप्रति विरोध जनाएको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले शनिबार प्रस्तावित नियमलाई विभेदकारी र राष्ट्रिय सुरक्षाको अवधारणालाई अतिविस्तार गर्ने कदम भनेका छन्।
अमेरिकी अर्थ मन्त्रालयले विदेशमा गरिने अमेरिकी लगानीसम्बन्धी सुरक्षा कार्यक्रमका नियम अद्यावधिक गर्ने प्रस्ताव सार्वजनिक गरी जनमत मागेको छ। चिनियाँ प्रवक्ताका अनुसार प्रस्तावित नियमले दुवै देशका राष्ट्रप्रमुखबीच भएका महत्त्वपूर्ण सहमतिलाई कमजोर पार्नुका साथै चीन र अमेरिकाका व्यवसायबीचको सामान्य आर्थिक तथा व्यापारिक सहकार्यमा अवरोध पुर्याउन सक्छ।
चीनले प्रस्तावित नियन्त्रणले दुई देशको आर्थिक तथा व्यापारिक सहकार्यलाई मात्र नभई अमेरिकी कम्पनीको हितलाई पनि क्षति पुर्याउने जनाएको छ। चीनको विशाल बजारमा उपभोग र लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रवक्ताले चीनमा लगानी गर्नु भविष्यमा लगानी गर्नु भएको बताएका छन्।
चीनले अमेरिकालाई बजार अर्थतन्त्रका सिद्धान्तको सम्मान गर्न, राष्ट्रिय सुरक्षाको अवधारणालाई अतिविस्तार नगर्न तथा आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण र हतियारका रूपमा प्रयोग नगर्न आग्रह गरेको छ। प्रस्तावमा भएका थप गतिविधि नियाल्ने र आवश्यकताअनुसार कदम चाल्ने अधिकार सुरक्षित राखेको पनि चीनले जनाएको छ।





