९ कार्तिक २०८३, आईतवार

उच्चस्तरीय अनुशासन निरीक्षणलाई प्रभावकारी बनाउन ठोस कदम चाल्न ली सीको निर्देशन

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासन निरीक्षण कार्यलाई उच्चस्तरीय बनाउन थप प्रभावकारी मापदण्ड र ठोस कदम आवश्यक रहेको पार्टीका वरिष्ठ नेता ली सीले बताएका छन्।

राष्ट्रिय अनुशासन निरीक्षणसम्बन्धी बैठकमा बोल्दै पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय अनुशासन निरीक्षण नेतृत्व समूहका प्रमुख लीले निरीक्षणबाट प्राप्त निष्कर्ष कार्यान्वयन गराउने संयन्त्र सुधार्नुपर्नेमा जोड दिए। बैठकले पार्टीको २०औँ केन्द्रीय समितिको आठौँ चरणको निरीक्षण पनि सुरु गरेको छ।

यस चरणमा शिक्षा मन्त्रालय र पेकिङ विश्वविद्यालय तथा छिङह्वा विश्वविद्यालयसहित ३२ निकायलाई निरीक्षणका लागि छनोट गरिएको छ। उच्च शिक्षासम्बन्धी पार्टी केन्द्रीय समितिका निर्णय तथा निर्देशन कार्यान्वयन भए नभएकोमा निरीक्षण केन्द्रित गर्न लीले निर्देशन दिए।

निरीक्षणका निष्कर्ष सम्बन्धित निकायलाई जानकारी गराउने प्रक्रिया सुधार्न र कमजोरी सच्याउन गरिएका कामको निरन्तर अनुगमन गर्नुपर्नेमा पनि उनले जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button