९ कार्तिक २०८३, आईतवार

सिचाङ भूकम्पपछि उद्धार र राहत जारी, १६ जनाको मृत्यु

ड्रागन मिडिया समाचार कक्ष

सिचाङ स्वायत्त क्षेत्रको नाक्छु सहरअन्तर्गत बाछेन काउन्टीमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पपछि उद्धार र राहत कार्य जारी छ। भूकम्पमा १६ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। ३३९ घरमा क्षति पुगेको वा ती पूर्ण रूपमा भत्किएका छन्। २० पशु गोठमा पनि क्षति भएको स्थानीय अधिकारीले जनाएका छन्।

शनिबार बिहान ११ बजेसम्म सबै घाइतेले उपचार पाइरहेका थिए। सुरुमा गम्भीर घाइते भनिएका ११ जनामध्ये पाँचको अवस्था सुधारिएर सामान्यतर्फ आएको स्थानीय विपद् उद्धार मुख्यालयले जनाएको छ।

भूकम्प प्रभावित क्षेत्रमा ५२ हजार ४५० थान राहत सामग्री पुर्‍याइएको छ। दुई हजार ५०० भन्दा बढी उद्धारकर्मी परिचालित छन्। राहत सामग्रीमा चार हजार ६५१ पाल, दुई हजार अस्थायी आवास, ११ हजार ७७२ खाट र पाँच हजार ७१५ ओढ्ने कपडा छन्। ठूलो आकारको विङ लुङ मानवरहित विमान पनि प्रभावित क्षेत्रमा पुगेको छ।

विपद् क्षेत्रमा ३५ अस्थायी पुनःस्थापना केन्द्र स्थापना गरिएको छ। बाछेन काउन्टीका एक हजार ६०० भन्दा बढी कर्मचारी, नाक्छुका ३४७ अग्नि उद्धारकर्मी र ५३० प्रहरी परिचालन गरिएको छ। स्वास्थ्य उपचार तथा जनस्वास्थ्य र महामारी रोकथामका काम नियमित रूपमा अघि बढिरहेको जनाइएको छ।

शनिबार बिहान ९:४५ बजेसम्म प्रभावित क्षेत्रमा ८३४ परकम्प गएको अभिलेख छ। तीमध्ये आठ परकम्प ४.० देखि ४.९ रेक्टर स्केल तथा ३१ वटा ३.० देखि ३.९ रेक्टर स्केलका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button