९ कार्तिक २०८३, आईतवार

चेल्सीमाथि टोटनहमको २–० को दुर्लभ जित

ड्रागन मिडिया समाचार कक्ष

टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई उसकै मैदान स्ट्यामफोर्ड ब्रिजमा २–० ले हराएको छ। सन् २०१८ पछि चेल्सीको मैदानमा टोटनहमको यो पहिलो जित हो।

चेल्सीका गोलरक्षक माइक पेन्डर्सले ७७औँ मिनेटमा आफ्नै पोस्टमा बल पुर्‍याएपछि टोटनहमले अग्रता लिएको थियो। त्यसपछि कोल पाल्मारले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड पाए र चेल्सी १० खेलाडीमा सीमित भयो। म्याथेस टेलले खेलको अन्त्यतिर दोस्रो गोल थपे।

प्रिमियर लिगमा चेल्सीविरुद्ध टोटनहमको यो सन् १९९२ यताकै दोस्रो जित हो। यो नतिजापछि नौ अंकसहित टोटनहम १२औँ स्थानमा छ भने १२ अंक जोडेको चेल्सी चौथो स्थानमा कायम छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button