स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ड्रागन मिडिया सम्वाददाता
उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
शनिबार साँझ इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते कार्कीलाई जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँले जानकारी दिए।
दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा–११, ढिम्कीका दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





