जङ्गलमा मृत भेटिए विराटनगरका रेस्टुरेन्ट व्यवसायी खत्री

ड्रागन मिडिया सम्वाददाता
विराटनगरका रेस्टुरेन्ट व्यवसायी ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जङ्गलमा मृत भेटिएका छन्।
विराटनगर–३ निवासी खत्री शनिबार अपराह्न जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनास्थलमा साँचोको रिङ पनि भेटिएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
लामो समय वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका खत्रीले जर्मनीमा छ वर्ष र दुबईमा दुई वर्ष काम गरेका थिए। त्यसपछि उनले विराटनगरको पिपल चोक र गोल्छा चोकमा ‘पिजफायर’ नामका रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।





