९ कार्तिक २०८३, आईतवार

रियाद विमानस्थल आंशिक रूपमा सञ्चालनमा आउने

ड्रागन मिडिया समाचार कक्ष

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलले आइतबारदेखि सीमित उडान सञ्चालन गर्ने भएको छ। यसअघि भएका आक्रमणपछि विमानस्थलका उडान रोकिएका थिए।

विमानस्थलले आन्तरिक उडानका लागि टर्मिनल १ र राष्ट्रिय ध्वजावाहकका अन्तर्राष्ट्रिय उडानका लागि टर्मिनल २ तोकेको छ।

आक्रमणमा धेरै जनाको मृत्यु र घाइते भएपछि साउदी अरबको नागरिक उड्डयनसम्बन्धी निकायले विमानस्थलको सञ्चालन अस्थायी रूपमा रोकेको थियो। अक्टोबर १० को आक्रमणमा १३ जनाको मृत्यु भएको र तीन सयभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको थियो।

साउदी समर्थित यमनी सरकारी सेनाले हुथी समूहको नियन्त्रणमा रहेका क्षेत्र फिर्ता लिन सैन्य कारवाही शुरु गरेपछि हुथीले साउदी अरबमाथि आक्रमण तीव्र पारेको समाचारमा उल्लेख छ। पछिल्लो समय हुथी समूहले विमानस्थल प्रयोग नगर्न चेतावनीसमेत दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button