९ कार्तिक २०८३, आईतवार

राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना गरेका छन्। उनी प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका थिए।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जिल्ला सुरक्षा समितिका अधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए। पूजाका क्रममा परम्परागत नृत्य प्रस्तुत गरिएको थियो।

राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्तिको अवलोकन र दर्शन गरे। उनले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा पनि प्रदान गरेका थिए। मन्दिरका मूल नाइकेले उनलाई तलेजु मन्दिरबाट ल्याइएको टीका र प्रसाद प्रदान गरेका थिए।

नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ। दसैँको अन्तिम दिन राष्ट्रप्रमुखले भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना गर्ने परम्परा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button