माओवादी महासचिव गुरुङले दिए जनयुद्ध दिवसको शुभकामना

#देव गुरुङ (महासचिव, नेकपा माओवादी)

फागुन १ गते, ३० औं महान जनयुद्व दिवसको दिन। २९ बर्ष पुर्व नेपालको ईतिहासमा सामन्ती राजतन्त्र को अन्त्य र गणतन्त्र को स्थापनार्थ निर्णायक एतिहासिक आन्दोलनको शुभारम्भ भएको दिन। यस अवसरमा जनयुद्वका महान शहिदहरु प्रति श्रद्वान्जली! वेपत्ता योद्वाहरुको स्मरण तथा घाईते अपांगहरुको सम्मान तथा शिघ्र स्वास्थ लाभको कामना गर्दै कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, देसभक्त,गणतन्त्रवादी, लोकतन्त्रवादी लगायत संपुर्ण न्यायप्रमी नेपाली दाज्यु भाई दिदी बहिनीहरु प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छु।

आज मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र लगायत जे जति उपलब्धिहरु भएका छन् ती सबै जनयुद्व को जग र बृहत शान्ति संझौताको आधारमा भएको हो। तर यतिखेर बृहत शान्ति संझौताको अर्को पक्ष अर्थात तात्कालिन सत्तारुढ पक्षले एक पक्षिय ढंगले संविधान संशोधनको नाममा बृहत शान्ति संझौता मार्फत स्थापित संघियता, धार्मिक स्वतन्त्रता, समानुपातिक समावेसीलाई उल्ट्याएर २०४७ सालको संविधान जस्तो बनाउन खोज्दैछ ।बहुदलिय प्रणालीलाई उल्ट्याएर २ दलिय सर्वसत्तावाद तर्फ मुलुकलाई लैजान खोज्दै छ। बृहत शान्ति संझौता को वांकी कार्यभारहरु-सत्यनिरुपण मेलमिलाप आयोगका कामहरुलाई अवरुद्व गरिएको छ।

व्यक्ति हत्या र हिंसा को रुपमा अपव्यख्या गरेर जनयुद्वलाई बद्नाम गराउन खोज्दैछ। जनयुद्व दिवस को दिन विदा सम्म पनि मनाउन नदिने षडयन्त्रहरु चलिरहेकै छ। बृहत शान्ति संझौतालाई उल्ट्याउन खोज्दै छ। सदन छलेर अध्यादेसबाट सरकार चलाउदै छ। न्यायालय र संबैधानिक अंगहरुलाई दलियकरण गरि दुरुपयोग गरिदै छ। सामाजिक संजाल विद्येयक ल्याएर संविधान ले प्रत्याभुत गरेको वाक तथा प्रेस स्वतन्त्रतालाई खोस्दै छ। वर्तमान सरकारको नेतृत्वबाट नै मुलुकमा अस्थिरता र अराजकता पैदा गराएर राष्ट्रिय अस्मिता माथि नै गम्भिर संकट निम्त्याउदै छ।

अतः यतिखेर संघिय गणतन्त्र को रक्षा र राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति फेरी पनि संपुर्ण वामपन्थी, देसभक्त र लोकतन्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने स्थिति पैदा भएको छ। जनयुद्व दिवसबाट यस दिशा तर्फ अगाडि बढ्न सबैमा अभिप्रेरणा मिलोस् भनि शुभकामना व्यक्त गर्न चाहान्छु।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button