नेपाल प्रिमियर लिग आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। खेल साँझ ५ बजे सुरु हुनेछ।
नेपाल क्रिकेट सङ्घले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ।
मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लिगको यस संस्करणले नेपाली घरेलु क्रिकेटमा उत्साह थप्ने अपेक्षा गरिएको छ।





