१० कार्तिक २०८३, सोमबार

अमेरिकी प्रभावबीच ब्राजिलमा लुला पुनः राष्ट्रपति निर्वाचित

ड्रागन मिडिया समाचार कक्ष

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः निर्वाचित भएका छन्। पूर्ण मतगणनापछि ब्राजिलको निर्वाचन अदालतले उनका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोभन्दा करिब ४४ लाख बढी मत प्राप्त गरी लुला विजयी भएको घोषणा गरेको हो। यससँगै लुलाले चौथो कार्यकालका लागि राष्ट्रपति पद जितेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचक लुलाको जितले ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव बढाउने प्रयास र ट्रम्पनिकट दक्षिणपन्थी नेताहरूको विजय प्रवृत्तिलाई चुनौती दिएको विश्लेषण गरिएको छ। मेक्सिकोपछि ब्राजिलमा पनि वामपन्थी झुकावका नेता सत्तामा रहने भएका छन्।

निर्वाचनको अन्तिम चरणमा मतदानको अवधि दुई घण्टा थपिएपछि देशका केही मतदान केन्द्रमा विवाद भएको थियो। मतगणना पूरा भएसँगै निर्वाचन प्रक्रिया टुंगिएको छ।

श्रमिक नेताका रूपमा राजनीतिक जीवन सुरु गरेका लुला यसअघि भ्रष्टाचारसम्बन्धी मुद्दामा जेल परेका थिए। पछि अदालतले उनीविरुद्धका मुद्दा खारेज गरेको थियो। उनी सन् २०२२ मा तेस्रोपटक राष्ट्रपति बनेका थिए।

यसपटकको चुनावी अभियानमा लुलाले अमेजन वर्षावन संरक्षण र गरिब परिवारका लागि सञ्चालन गरिएको ‘बोल्सा फामिलिया’ कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए। उनले ब्राजिलको आन्तरिक निर्वाचनमा अमेरिकी हस्तक्षेप नहोस् भन्दै बारम्बार सचेत गराएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button