दोस्रो चरणको चुनाव जित्दै लुला चौथोपटक ब्राजिलका राष्ट्रपति निर्वाचित

ड्रागन मिडिया समाचार कक्ष
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा दोस्रो चरणको निर्वाचनमा विजयी हुँदै चौथोपटक राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्ण मतगणनापछि लुला विजयी भएको घोषणा गरेको हो। उनले दक्षिणपन्थी उम्मेदवार तथा सिनेटर फ्लाभियो बोल्सोनारोलाई करिब ४४ लाख मतले पराजित गरेका छन्।
निर्वाचनको प्रारम्भिक मतगणनामा ९७.६९ प्रतिशत मत गनिँदा लुलाले ५१.७४ प्रतिशत र बोल्सोनारोले ४८.२६ प्रतिशत मत पाएका थिए। पछिल्लो पूर्ण मतगणनापछि निर्वाचन अदालतले लुलाको विजय पुष्टि गरेको हो।





