फ्रान्सले अन्य देशका युद्धमा सेना नपठाउने ले पेनको घोषणा

ड्रागन मिडिया समाचार कक्ष
फ्रान्सको नेसनल र्याली पार्टीकी संसदीय दलकी नेता तथा सन् २०२७ को राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार मारिन ले पेनले आफू राष्ट्रपति निर्वाचित भए फ्रान्सका सैनिकलाई अन्य देशका युद्धमा नपठाउने घोषणा गरेकी छन्।
ओर्लेँमा आइतबार आयोजित पार्टी सम्मेलनमा बोल्दै उनले फ्रान्सलाई आफ्ना सबै युवा आवश्यक रहेको बताइन्। फ्रान्ससँग सम्बन्ध नभएका लापरवाह वा गैरजिम्मेवार सैन्य अभियानमा युवालाई मृत्युको मुखमा नपठाउने उनको भनाइ थियो।
ले पेनले सोही सम्मेलनबाट आफ्नो राष्ट्रपतीय चुनावी अभियान औपचारिक रूपमा सुरु गरेकी हुन्। उनले फ्रान्समा व्यवस्था र राष्ट्रिय आत्मविश्वास पुनःस्थापित गर्ने प्रतिबद्धता पनि जनाएकी छन्।





