१० कार्तिक २०८३, सोमबार

बैंकिङ कसुर मुद्दामा पूर्वजनप्रतिनिधि गिरी पक्राउ, हिरासतबाटै अस्पताल भर्ना


ड्रागन मिडिया सम्वाददाता

झापाको बिर्तामोडका होटल व्यवसायी तथा नेकपा एमालेबाट निर्वाचित पूर्वजनप्रतिनिधि ७२ वर्षीय गोपीचन्द्र गिरी बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। २५ लाख रुपैयाँको मुद्दाका प्रतिवादी गिरीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिर्तामोड नगरपालिका–५ स्थित निवासबाट नियन्त्रणमा लिएको हो।

भुवन कार्कीको जाहेरीका आधारमा उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले पुष्टि गरे।

प्रहरी हिरासतमा रहेका गिरीलाई राति करिब साढे १२ बजे छातीमा समस्या देखिएपछि उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button