१० कार्तिक २०८३, सोमबार

कोजाग्रत पूर्णिमामा कुमाख मेलामा भक्तजन र पर्यटकको घुइँचो

ड्रागन मिडिया सम्वाददाता

सल्यानको २ हजार ५३५ मिटर उचाइमा रहेको कुमाख लेकमा कोजाग्रत पूर्णिमाको अवसरमा लागेको मेलामा भक्तजन र पर्यटकको घुइँचो लागेको छ। मन्दिर तथा मेला व्यवस्थापन समितिका अध्यक्ष खिम डिसीका अनुसार दुई दिनमा करिब ५० हजारले मेला अवलोकन गर्नुका साथै सिद्धबाबा मन्दिरमा पूजाआजा गरेका छन्।

सिद्ध कुमाख र कुमाख गाउँपालिकाको बीचमा रहेको कुमाख लेकमा सिद्धबाबाको मन्दिर र नजिकै सिद्ध गुफा छ। दसैँपछिको चतुर्दशी र कोजाग्रत पूर्णिमामा यहाँ विशेष पूजाआजा तथा मेला लाग्ने गर्छ।

मेलामा स्थानीय कला र संस्कृति झल्काउने नृत्य, परम्परागत लोकभाका, रोटे पिङ र भलिबल मुख्य आकर्षण बनेका थिए। सल्यानसहित रुकुम, रोल्पा, बाँके, जाजरकोट, दाङ र सुर्खेतबाट भक्तजन मेला भर्न आएका थिए।

मन्दिरमा पूजा गरेर बर मागे पूरा हुने धार्मिक विश्वास रहेको पुजारी शेरबहादुर डाँगीले बताए। कुमाखबाट रुकुम, जाजरकोट र दैलेखका केही भागसँगै हिमशृंखला देखिने भएकाले आन्तरिक पर्यटकको आकर्षण पनि बढ्दै गएको अध्यक्ष डिसीले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button