१० कार्तिक २०८३, सोमबार

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीको धारिलो बलिङ, सुदूरपश्चिम ७५ रनमा नौ विकेट गुमाएर संघर्षरत

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सोमबारदेखि सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्स १४ ओभरपछि ७५ रनमा नौ विकेट गुमाएर संघर्ष गरिरहेको छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाएका छन्। आरिफ शेख, स्कट कुगेलाइन र हेमन्त धामी शून्यमा आउट भए। लुम्बिनीका किशोर महतोले चार र शेर मल्लले तीन विकेट लिएका छन्।

सुदूरपश्चिमले पहिलो पावरप्लेमा ४० रन जोड्दा चार विकेट गुमाएको थियो। किशोरले लगातार दुई बलमा ऐरी र धामीलाई आउट गरेका थिए। लुम्बिनीले खेलमा सुरुदेखि नै दबाब बनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले अम्पायरलाई बल हस्तान्तरण गरेपछि प्रतियोगिताको उद्घाटन गरेका थिए। त्रिवि मैदानमा पहिलोपटक खेलाडीले निर्णय पुनरावलोकन प्रणाली प्रयोग गरेका छन्। १२ हजार दर्शक क्षमताको मैदानका सबै टिकट खेलअघि नै बिक्री भएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button