१० कार्तिक २०८३, सोमबार

चीनले कन्फ्युसियस संस्थानलाई बदनाम गर्ने प्रयासको विरोध गर्‍यो

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले कन्फ्युसियस संस्थानलाई बदनाम र कलंकित पार्ने कार्यको चीनले विरोध गर्ने बताएका छन्। अमेरिकी रक्षा सचिव पीट हेगसेथले अमेरिकी विश्वविद्यालय तथा क्याम्पसमा रहेका कन्फ्युसियस संस्थानलाई राष्ट्रिय सुरक्षाका लागि खतरा घोषणा गरेको विषयमा सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

गुओका अनुसार चीन र अमेरिकाबीचको शैक्षिक आदानप्रदान तथा सहकार्यले दुवै देशका जनताबीच आपसी समझदारी बढाउँछ र दुवै पक्षलाई लाभ पुर्‍याउँछ। यस्ता आदानप्रदानमा अवरोध पुर्‍याउन वा तिनलाई कमजोर पार्न नहुने उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button