राजावादी अान्दाेलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ !

राजावादी अान्दाेलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ !

राजावादी अान्दाेलनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि सडकमा उत्रिएका राजावादी समूहले चर्को अराजकता मच्चाएको छ।

काठमाडौँको तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका अाक्राेशित राजावादीले प्रहरीलाई ढुंगामुढा गर्दै सर्वसाधारणका घरमा आक्रमण र आगजनीसम्म गरेका छन्। प्रहरीले घरको छतमा बसेर अश्रुग्यास फालेको भन्दै अराजक हुलले उक्त घरमा आगजनी गरेका हुन। झडपमा परेर दर्जनौको संख्यामा राजावादी र केही प्रहरी घाइते भएका छन्।

प्रसाईलाई नियन्त्रणमा लिएपछि उनका समर्थकहरू आक्रोशित हुँदै नाराबाजी गरिरहेका छन्। प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ।

प्रसाई पक्राउपछि प्रदर्शनकारीले थप आक्रामक रूपमा अघि बढ्ने चेतावनी दिएका छन्। आन्दोलनकारी नेताहरु मञ्च छोडेर भागेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button