सिचाङ मामिलामा अमेरिकाको घोर हस्तक्षेपद्वारा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ

अप्रिल १ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्याखुनले नियमित पत्रकार सम्मेलन आयोजना गर्नुभयो। उक्त पत्रकार सम्मेलनमा सिएमजिका पत्रकारहरूले केही चिनियाँ अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकी विदेशमन्त्री रुबियोको भनाइको बारेमा प्रश्नहरू सोधेका छन्।

को च्याखुनले अमेरिकी कार्यहरूले सिचाङ मामिला र चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप गरेको र अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूको गम्भीर उल्लङ्घन भएको बताउनुभयो। चीनले यसमा कडा असन्तुष्टि र दृढ विरोध व्यक्त गर्दछ। सिचाङ खुला सिचाङ हो र विदेशीहरूलाई सिचाङ प्रवेश गर्न प्रतिबन्ध लगाउने कुनै नियम कहिल्यै बनाएको छैन भन्दै सिचाङमा हरेक वर्ष ठूलो संख्यामा विदेशी पर्यटक र सबै क्षेत्रका मानिसहरू आउने गरेको उहाँले बताउनुभयो। सन् २०२४ मा सिचाङले ३ लाख २० हजार विदेशी पर्यटकहरूलाई स्वागत गरेको र सिचाङको विशेष भौगोलिक र हावापानी अवस्था तथा अन्य कारकहरूलाई ध्यानमा राख्दै, चिनियाँ सरकारले सिचाङमा प्रवेश गर्ने विदेशीहरूको लागि कानुन बमोजिम निश्चित व्यवस्थापन र सुरक्षा उपायहरू अपनाउनु पूर्ण रूपमा आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button