अमेरिकी तथाकथित पारस्परिक भन्सार करको जवाफः चीन

अप्रिल ७ मा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सोही अवधिमा अमेरिकाले हालै विश्वका १८० भन्दा बढी देश र क्षेत्रहरूलाई लक्षित गर्दै आफ्ना सबै व्यापारिक साझेदारहरूमाथि कर लगाउने घोषणा गरेको छ र तीमध्ये संयुक्त राष्ट्रसंघले तोकेको “अति कम देशहरू” भन्ने साना र कमजोर अर्थव्यवस्थाहरूलाई पनि समावेश गराइएको बारेमा कुनै टिप्पणी छ कि भन्ने पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ प्रवक्ता लिनले दिनुभएको छ।
यस सम्बन्धमा प्रवक्ता लिनले चर्चा गर्दै यसरी भन्नुभयो, अमेरिकाले “पारस्परिकता” को नाममा आधिपत्यको अभ्यास गरिरहेको छ। यसै क्रममा, विभिन्न देशहरूको वैध हितलाई त्याग्दै, आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको छ। यसो गर्दा, “अमेरिकी प्राथमिकता” लाई अन्तर्राष्ट्रिय नियमहरू भन्दा माथि राखेको छ, जुन एकपक्षीयता, संरक्षणवाद र आर्थिक दादागिरीको एक जबर्जस्ती कार्य हो। चिनियाँ पक्षले “अमेरिकाले लगाएको अत्यधिक शुल्कको विरोधमा चीन सरकारको अडान” जारी गरेको छ, जसले गम्भीर मनोवृत्ति स्पष्ट पारेको छ।
प्रवक्ता लिनले अगाडि भन्नुभयो, अमेरिकाले अन्धाधुन्ध कर लगाएको छ जुन विभिन्न देशहरू, विशेष गरी ग्लोबल साउथका देशहरूलाई विकास अधिकारबाट वञ्चित गरिएको हो। यसले संयुक्त राष्ट्रसंघको दिगो विकासको कार्यसूची २०३० हासिल गर्ने प्रयासलाई गम्भीर रुपमा कमजोर बनाउनेछ। यसले अन्तर्राष्ट्रिय समुदायबाट व्यापक विरोधको सामना गर्नु पर्नेछ।





