अमेरिकाको चीनमा कर बढाउने धम्कीबारेमा चिनियाँ वाणिज्य मन्त्रालयको जवाफ

अप्रिल ८ तारिख, चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकाको चीनमा कर बढाउने धम्कीबारेमा जानकारी दिनुभएको छ।
अप्रिल ७ मा अमेरिकाले चीनमाथि थप ५० प्रतिशत कर लगाउने धम्की दिएको थियो र चीनले यसको कडा विरोध गरेको छ। यदि अमेरिकी पक्षले कर बढाउने कदमहरू चाल्ने भए चीनले आफ्नो अधिकार र हितको रक्षाका लागि दृढताका साथ प्रतिकारात्मक कदमहरू चाल्नेछ।
अमेरिकाले चीनमा लगाएको तथाकथित “समान शुल्क” निराधार छ जुन एकपक्षीय धम्की हो। यदि अमेरिकाले यस्तो कार्य गर्छ भने चीनले अन्त्यसम्म प्रतिकारात्मक कदमहरू चाल्नेछ।
चीनले अमेरिकाको गलत कार्यलाई तत्काल सच्याउन, चीनविरुद्धको सबै एकपक्षीय कर हटाउन, चीनमाथिको आर्थिक तथा व्यापारिक दबाब रोक्न आग्रह गरेको छ। अमेरिकालाई आपसी सम्मानको आधारमा समान वार्तामार्फत् द्वन्द्व नियन्त्रण गर्न आह्वान पनि गरेको छ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button