अमेरिकी उपराष्ट्रपति भान्सको चीनसम्बन्धी वक्तव्य आश्चर्यजनक

अमेरिकी उपराष्ट्रपति जेम्स डेभिड भान्सले हालै ट्रम्प सरकारको चीनप्रतिको व्यापार नीतिको बारेमा कुरा गर्दै चिनियाँ किसानहरूले बनाएका चीजहरू किन्नका लागि अमेरिकाले चिनियाँ किसानहरूबाट पैसा उधारो लिएको जनाउनुभयो।
यसबारे चर्चा गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अप्रिल ८ तारिखका दिन प्रतिक्रिया दिनुभयो। उहाँले चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धमा चीनको धारणा निकै स्पष्ट भएको र उपराष्ट्रपतिबाट यस्ता अनभिज्ञ र अशिष्ट शब्दहरू सुन्दा आश्चर्य र मन दुःखेको प्रतिक्रिया दिनुभयो।





