चीनबाट स्पष्ट रणनीतिमार्फत् अमेरिकी कर बदमाशीको जवाफ

अमेरिकाले दाबी गरेको छ कि यदि चीनले ८ तारिखसम्म अमेरिकामाथि लगाइएको थप ३४ प्रतिशत ट्यारिफ नहटाएमा ९ तारिखदेखि चिनियाँ उत्पादनमा थप ५० प्रतिशत ट्यारिफ लगाउनेछ। तथ्य स्पष्ट छ, अमेरिकाले पहिले चीनविरुद्ध उच्च-ट्यारिफको धम्की दिन्थ्यो, र त्यसपछि अमेरिकालाई बहुपक्षीय व्यापार प्रणालीको सही ट्रयाकमा ल्याउनका लागि चीनले अमेरिकालाई वैध जवाफ दिएको छ। तर अमेरिकाले गल्तीमा थप गल्ती गर्दै चीनमाथि अत्याधिक दबाब दिन र फिरौती असुली गर्न खोजेको छ। निस्सन्देह, उसले फेरि गलत गणना गरेको छ – चीनले यो स्पष्ट पारेको छ कि यदि अमेरिका गलत मार्गमा निरन्तर हिँड्ने हो भने चीनले पनि अन्तसम्म लड्दै जानेछ।
चिनियाँ कुटनीति विद्यालयका प्राध्यापक ली हाइतोङको विचारमा यसको पछाडि धेरै योजना छन्: अल्पकालीन मागबाट हेर्दा, अमेरिकी सरकारले राजनीतिक स्वार्थको लागि अर्को वर्षको मध्यावधि चुनावको फाइदा लिन “ट्यारिफ कार्ड” खेलेको छ; दीर्घकालीन लक्ष्यबाट हेर्टा, चीन आर्थिक विश्वव्यापीकरणको सुदृढ समर्थक भएको हुनाले अमेरिकाले विगत केही दशकको विश्वव्यापी प्रक्रियालाई उल्ट्याएर यसलाई नयाँ आकार दिन चाहन्छ, जसबाट आफ्नो प्रभूत्व कायम राख्न र विश्वबाट “रगत चुस्न” सकियोस्।
दीर्घकाल नै अमेरिकाले सम्पूर्ण विश्वको हितको मूल्यमा अमेरिकी आधिपत्यको सेवा गर्न अभ्यस्त भइसकेको छ। यो विश्वभरिबाट कडा निन्दा गरिएको छ।
अमेरिकाले जतिसुकै दबाब दिए तापनि चीनले आफ्नो मामिलालाई राम्रोसँग सञ्चालन गर्न ध्यान केन्द्रित गर्ने र निरन्तर रूपमा उच्चस्तरीय खुलापनलाई बढाउनेछ। चीनले सधै यस्तो विचार गरेको छ, चीन-अमेरिका बीच आर्थिक र व्यापारिक सम्बन्धको सार पारस्परिक लाभ र जीत-जीत हो, समान स्तरमा वार्ताको माध्यमबाट व्यापारको मतभेदलाई उचित तरिकाले समाधान गर्नुपर्छ। तर यदि अमेरिकाले कर उपाय बढायो भने चीनले आवश्यक कदम चालेर आफ्नो वैधानिक र कानुनी अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ। यो अझै पनि उही वाक्य हो, चिनियाँ जनताले समस्या निम्त्याउँदैनन्, तर समस्याबाट डराउँदैनन् ।
 
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button