“गाउँले” भान्सको अज्ञानता र अशिष्टता कति टीठलाग्दो

हालै अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा अमेरिकी उपराष्ट्रपति भान्सले चीनलाई ‘गाउँले’ भने। यो भनाइले तुरुन्तै विदेशी सामाजिक सञ्जालमा “सामूहिक मजाक” निम्त्यायो।

चिनियाँहरूले केही वर्षअघि भान्सले आफ्नै पालनपोषणमा आधारित लेखको “द सोरो अफ द कन्ट्रीम्यान” शीर्षकको पुस्तकबाट भान्सलाई प्रहार गरेका छन्। तथापि अमेरिकाको उपराष्ट्रपति भएपछि लगभग दुई महिनाको मूल्यांकनमा उनले प्राप्त गरेका सबैभन्दा बढी उपनाममा घमण्डी, आक्रामक र आधारभूत कूटनीतिक शिष्टाचारको अभावलेग्रस्त मान्छे हुन्।

केही विश्लेषण अनुसार, भान्सले जानीजानी कठोरता देखाएर ध्यान आकर्षित गर्नुको उद्देश्य भविष्यको राजनीतिक विकासको लागि हो। भान्सले अशिष्टता र कठोरतालाई आफ्नो व्यक्तित्वको रूपमा प्रयोग गर्ने गतिविधिबाट “सेतो-केन्द्रवाद” को अहंकार र अमेरिकी शैलीको आधिपत्यलाई प्रतिबिम्बित गरिएको छ।
आफ्नो अत्यधिक विवादास्पद भनाइ र कार्यबाहेक उनले अमेरिकाका अन्य व्यापार हकहरू जस्तै, वित्तीय सेवा र बौद्धिक सम्पत्ति अधिकारको क्षेत्रमा अमेरिकाले कब्जा गरेको विशाल फाइदालाई हाकाहाकी बेवास्ता गर्नुका साथै वस्तुमा व्यापार घाटालाई आर्थिक विश्वव्यापीकरणमा “घाटा” खाएको विचार गरेर उच्च ट्यारिफ लागू गर्ने वकालत गरेका छन्। यो केवल एक संज्ञानात्मक कमी मात्र होइन, राजनीतिक अनुमान पनि हो – जब घरेलु विरोधाभासको समाधान गर्न सकिँदैन, बाह्य बलीको बोकाको खोजी अमेरिकी राजनीतिज्ञको आवश्यक बनेको छ।
चीनलाई नबुझ्ने, विश्व ढाँचामा भएका गहन परिवर्तन नबुझ्ने र अमेरिकी राजनीतिक प्रणाली “बिरामी” छ भनेर अबुझ वा अस्वीकार गर्ने र अमेरिकी आधिपत्य घट्दै गएको वास्तविकताको सामना गर्न अनिच्छुक हुनुमा पनि भान्सको अज्ञानता प्रकट गरिएको छ।
भान्सलगायत अमेरिकी राजनीतिज्ञले आफ्नो आँखा खोलेर विश्व हेर्नुपर्छ: अमेरिकाको मापदण्ड विश्वका मापदण्ड होइन, र अमेरिकी शैलीको आधिपत्यले संसारलाई इच्छाअनुसार हेरफेर गर्नसक्दैन। उनीहरूको अज्ञानता, दम्भले नै अमेरिकी शैलीको आधिपत्यको पतनलाई तीव्र बनाइरहेको छ ।





