अमेरिकाले चीनमाथि लगाएको १२५% ट्यारिफप्रति चीनको प्रतिक्रिया

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अप्रिल १० मा आयोजित नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै अमेरिकाले चीनमाथि थप १२५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको सन्दर्भमा चीनको अडान दोहोर्याउनुभएको छ।
प्रवक्ता लिनले यसरी भन्नुभयो, ‘अमेरिकाले आफ्नो स्वार्थका लागि अधिकतम दबाब सिर्जना गर्न र व्यक्तिगत स्वार्थका लागि ट्यारिफलाई हतियारको रूपमा प्रयोग गरेको छ, जसले विभिन्न देशको वैध अधिकार र हितको गम्भीर उल्लङ्घन गरेको छ साथै विश्व व्यापार संगठनको नियमहरूको गम्भीर उल्लङ्घन पनि गरेको छ। यसका साथै, नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई पनि गम्भीर रूपमा क्षति पुर्याएको छ र विश्वव्यापी आर्थिक व्यवस्थाको स्थिरतामा गम्भीर असर पारेको छ। अमेरिकाको यस्तो गतिविधि सम्पूर्ण विश्वको विपक्षमा उभिएको छ।’
प्रवक्ता लिनले ट्यारिफ युद्ध र व्यापार युद्धमा कुनै विजेता नभएको बताउँदै यदि अमेरिकाले ट्यारिफ युद्ध वा व्यापार युद्ध लड्ने जिद्दी गर्छ भने चीनले अन्त्यसम्म साथ दिनेछ। अमेरिकाले अन्तर्राष्ट्रिय समुदायको सार्वजनिक हितभन्दा आफ्नो स्वार्थलाई माथि राखेर विश्वका विभिन्न देशहरूको वैध हितको मूल्यमा आफ्नो प्रभुत्ववादी स्वार्थपूरा गरेर अन्तर्राष्ट्रिय समुदायको कडा विरोधको सामना गर्नु अनिवार्य छ।





