“तस्करविरुद्धको लडाइँ भन्दै हाँस्दै अदालतबाट निस्किए दुर्गा प्रसाईं, १२ दिनको म्याद थप”

काठमाडौँ, वैशाख २९ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि १२ दिनको थप म्याद दिएको छ।

शुक्रबार अदालतमा थुनुवा पोसाक (ज्याकेट)मा उपस्थित गराइएका प्रसाईंलाई प्रहरीले म्याद थपका लागि पेश गरेको थियो। अदालतबाट म्याद थप भएसँगै उनी प्रहरीको सुरक्षा घेरामा हाँस्दै बाहिरिएका थिए।

सञ्चारकर्मीहरूले प्रतिक्रिया माग्दा उनले केही नबोली मुन्टो हल्लाएर मात्र संकेत गरेका थिए। यद्यपि, यसअघि भद्रपुर विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिँदा भने प्रसाईंले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिएका थिए।

“म आत्तिएको छैन। यो तस्करविरुद्धको लडाइँ हो। अर्को कुरा, मैले आफैँ पक्राउ दिएको हो,” उनले त्यतिबेला भनेका थिए।

हाल प्रसाईंलाई बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीको आधिकारिक विज्ञप्तिमा उल्लेख छ, यद्यपि केही दिनअघि उनी भारतमा पक्राउ परेको समाचार सार्वजनिक भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button