अमेरिकाले अझै धेरै गल्ती सच्याउनु पर्ने

यसै हप्ता अमेरिकी भन्सार करमा नयाँ परिवर्तन देखा परेको देखिन्छ। अमेरिकी पूर्वी समय अनुसार अप्रिल १२ तारिख अमेरिकाले सम्बद्ध स्मृत्ति पत्र जारी गर्दै कम्प्युटर, स्मार्ट मोबाइल, रेडियो निर्माण प्रबन्ध र कृति समूह बिजुली लाइन लगायतका केही उत्पादित वस्तुमाथि लगाइएको “समान भन्सार कर”लाई हटाएको छ। त्यसबाट बाह्य जगतले ठूलो प्रतिकृया जनाएको छ। “फाइनान्सल टाइम्स” लगायतका विदेशी सञ्चार माध्यमले के ठहर गरेका छन् भने त्यो नै अमेरिकाले चीन लक्षित लगाएको भन्सार करमा केही खुकुलो पार्नका लागि देखाएको पहिलो संकेत रहेको छ। ब्लुम्वर्गले जनाए अनुसार, यो कदम एपल कम्पनी लगायतका ठूला विद्युतीय कम्पनीहरूका लागि हितकर हुनेछ। अप्रिल १३ तारिख राति चीनले त्यस कारवाईप्रति के प्रतिकृया प्रस्तुत गरेको छ भने त्यो कुरा अमेरिकाले एकपक्षीय समान भन्सार कर भन्ने गल्तीलाई सच्याउनका लागि चालेको एक सानो कदम रहेको छ।
चीनमा एउटा उखान छ: समस्याको समाधान गर्ने व्यक्ति समस्या मच्चाउने व्यक्ति हुनुपर्छ। व्यापार युद्धको जिम्मा पूराका पूरै अमेरिकमै रहेको छ। यस पटक अमेरिकाले केही उत्पादित वस्तुमाथि समान भन्सार करलाई हटाएको कारवाईलाई अमेरिकाले आफ्नो गल्तीलाई सच्याउन थालेको मानिएको छ। तर अमेरिकाले आफ्नो गल्तीलाई सच्याउनका लागि चाल्ने कदम झन् बढी हुनुपर्छ। अन्त्यमा अमेरिकाले तथाकथित समान भन्सार करलाई सम्पूर्ण रूपमा हटाउनुपर्छ। किनभने व्यापारिक साझेदार बीच एकले अर्काको सम्मान गर्ने र समान रूपमा संवार्ता गर्नु नै व्यापारिक मतभेदको समाधान गरिने एउटा मात्र सही छनोट रहेको छ।





