चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भियतनामका प्रधानमन्त्री फाम मिन्ह छिङसँग भेटघाट

अप्रिल १४ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिको मुख्यालयमा भियतनामका प्रधानमन्त्री फाम मिन्ह छिङसँग भेटघाट गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले भियतनाम कम्युनिष्ट पार्टी र सरकारको नेतृत्वमा भियतनामको राजनैतिक, सामाजिक अवस्था स्थिर भएर सुधार कार्यबाट उपलब्धि हासिल भएको र अन्तर्राष्ट्रिय अडानमा बलियो पकड भएकोले चीनलाई खुशी लागेको बताउनुभएको छ। चीन र भियतनामले जातीय पुनःउत्थान गर्ने र राष्ट्रिय विकासलाई गतिशिल तुल्याउने कार्यभार लिएकोले दुई पक्षले सम्पूर्ण रणनैतिक सहयोगलाई गहन पारेर आ-आफ्ना आधुनिकीकरण प्रगतिलाई सेवा दिने र चीन-भियतनाम भाग्य एकरुपताको निर्माण उपलब्धिमा दुई मुलुकका जनतालाई हित कल्याण पुर्याउने पनि व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री फाम मिन्ह छिङले राष्ट्राध्यक्ष सीको भियतनामको भ्रमण यस वर्ष दुई मुलुकको सबैभन्दा महत्वपूर्ण आदानप्रदान भएर ऐतिहासिक अर्थ रहेको र यसले भियतनाम-चीन सम्बन्धमा अझ ठूलो विकास हासिल गर्ने तथा दौत्य सहयोगमा जीवन्त शक्ति थप्ने पनि बताउनुभयो।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button