सी चिनफिङद्वारा कम्बोडियाली मिडियामा हस्ताक्षरित लेख प्रकाशित

अप्रिल १७ तारिख, कम्बोडियाको आफ्नो राजकीय भ्रमण क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कम्बोडियाको खमेर टाइम्स, कम्बोडिया चाइना डेली र कम्बोडियाको “फ्रेस न्यूज” वेबसाइटमा “नयाँ युगमा साझा भविष्यसहितको चीन-कम्बोडिया समुदायको स्थिर र दीर्घकालीन विकासलाई प्रवर्द्धन गर्न दुईतर्फी प्रयास र पारस्परिक उपलब्धि” शीर्षकको हस्ताक्षरित लेख प्रकाशित गर्नुभएको छ।

सी चिनफिङले असल छिमेकीपन र मित्रता साझा भविष्य भएको चीन-कम्बोडिया समुदायको ऐतिहासिक जग भएको औँल्याउनुभयो। जटिल अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिहरूको सामना गर्दै, दुवै पक्षले आफ्नो मुख्य हितको रक्षा गर्न र संयुक्त रूपमा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्न एकअर्कालाई समर्थन गरेका छन्। चीन-कम्बोडिया “डायमण्ड हेक्सालेटेरल” सहयोगले कम्बोडियाको विकासलाई प्रबर्द्धन गरेको उहाँले लेखमा जनाउनुभएको छ।

सी चिनफिङले दुई पक्षले उच्च स्तरमा राजनीतिक पारस्परिक विश्वासलाई गहिरो बनाउनुपर्ने, निकट उच्च-स्तरीय आदानप्रदान कायम राख्नुपर्ने, उच्च-गुणस्तरको पारस्परिक लाभदायक सहयोग विस्तार गर्नुपर्ने, विकास प्राथमिकता र जनता-केन्द्रितलाई पालना गर्नुपर्ने, कम्बोडियाको “पाँच-कुना रणनीति” सँग “बेल्ट एण्ड रोड” पहलको जोडलाई प्रवर्द्धन गर्नुपर्ने, जनता-जनता बीच बारम्बार आदानप्रदान हुनुपर्ने, सभ्यताहरू बीच सञ्चार र संवादलाई बलियो बनाउनुपर्ने, संरक्षणवादको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने र खुला र सहयोगी अन्तर्राष्ट्रिय वातावरण कायम राख्नुपर्ने कुरामा जोड दिनुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button