सी चिनफिङ तथा मलेसियाका प्रधानमन्त्री अनवरबीच भेट-वार्ता

अप्रिल १६ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग पुट्राजायास्थित प्रधानमन्त्री आबास भवनमा भेट-वार्ता गर्नुभएको छ।
भेटवार्ताका क्रममा राष्ट्राध्यक्ष सीले उच्चस्तरीय रणनीतिक चीन-मलेसिया भाग्य एकरूपताको निर्माणका लागि ३ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। ती ३ वटा प्रस्ताव यस प्रकार छन्: एक, रणनीतिक आत्ममा भर परेर उच्चस्तरीय रणनीतिक सहकार्य चलाउनेछ। दुई, विकास शक्तिलाई जम्मा पारी उच्च गुणस्तरीय विकास सहकार्यको नमुना बनाउनुपर्छ। र तीन, परम्परागत मित्रताको उत्तराधिकार गर्नुका साथै सभ्यताको आदान प्रदानलाई गहन पार्नेछ।
प्रधानमन्त्री अनवरले राष्ट्राध्यक्ष सीको हार्दिक स्वागत गर्नुभयो। उहाँका अनुसार, चीनले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा निर्वाह गरेको सकारात्मक भूमिकालाई मलेसियाले उच्च सराहना गरेको छ। आशियानको वर्तमान अध्यक्ष मुलुक र आशियान-चीन सम्बन्धको समन्वयात्मक मुलुकको हैसियतले मलेसियाले आशियान-चीन सहकार्यलाई मजबुत पार्नुका साथै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिलाई प्रबर्द्धन गर्दै जाने कुरामा पनि उहाँले जोड दिनुभएको छ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button