नेपालमा छायाङ्कन गरिएका चलचित्रहरु

भर्खरैको राष्ट्रिय श्रमिक दिवसमा चिनियाँ चलचित्र बजारमा १३ वटा रचनाहरू सार्वजनिक गरिएका छन्। साथीहरु, हालै तपाईँहरुले सिनेमाघरमा चलचित्र हेर्नुभएको छ कि?हाल, चिनियाँ चलचित्र नेपालमा छायाङ्कन गरेको थाहा छ कि?
चीनको राष्ट्रिय दिवसमा प्रसारण हुने एउटा टेलिभिजन कार्यक्रम ‘साथीहरुको रोड’ नेपालमा शुरु भएको छ। उक्त कार्यक्रम चीनको राष्ट्रिय दिवसमा क्वाङ तौङ टेलिभिजन स्टेशनमा प्रसारण गरिने योजना छ। कार्यक्रमले नेपाल,फ्रान्स,अस्ट्रिया र रुसमा छायाङ्कन गरिने छ। उक्त कार्यक्रममा क्वाङतौङ-हङकङ-मकाउ खाडी क्षेत्र केन्द्रित उक्त खाडी क्षेत्रको संस्कृति,उत्पादन व्यवसाय र नयाँ उत्पादकत्वले कसरी विश्वलाई प्रभाव पारेको छ,ठूलो खाडी क्षेत्र विश्व विकास परिस्थितिमा रहेको विशेष स्थान देखाउने उद्देश्य उक्त कार्यक्रमको छ। ‘बेल्ट एण्ड रोड’को संयुक्त निर्माण गर्ने मुलुकको रुपमा नेपाल र चीन बीच राजनैतिक,आर्थिक र सांस्कृतिक क्षेत्रमा सहयोग दिन प्रतिदिन घनिष्ठ भएकोले उक्त कार्यक्रम नेपाल चीन ‘हिमालय पार गरेको मित्रता’ लाई देखाउने छ।
पहिलेका कार्यक्रममा पनि मैले तपाईँलाई नेपालमा छायाङ्कन गरिएका चीन र विदेशी चलचित्रको जानकारी दिएको थिएँ। उदाहरणका लागि सन् २०१९ मा एउटा ‘नेपाललाई भेट्ने’ नामक चिनियाँ चलचित्र नेपालमा छायाङ्कन गरिएको थियो। यस चलचित्रमा एक चिनियाँ युवती ल्वो याङ अपराधी भएकोले जेल परेबाट आफ्नी आमाको मृत्यु हुँदा आमालाई भेट्न नपाएकोमा निकै दुःख लाग्यो। जेलबाट निस्किएर उनले पवित्र धार्मिक मुलुक नेपालमा आफ्नो मनको उपचार गर्न गए। नेपालमा उनले अर्को चिनियाँ केटी मि स्यै भेटेसँगै श्रृँखलाबद्ध घटनापछि चीनमा फर्केकी छन्। यस चलचित्रको ७० प्रतिशत भाग नेपालमा छायाङ्कन गरिएको थियो।
अर्को नामी अमेरिकी चलचित्र ‘डाक्टर स्ड्रेन्ज’ पनि नेपालमा छायाङ्कन गरिएको थियो। चलचित्रमा एक नामी चिकित्सक स्ड्रेन्ज गाडी दुर्घटनामा घाइते भएकोले नेपालमा उपचार गर्ने उपाय खोज्न जान्छन्। चलचित्रमा काठमाडौँको ठमेल क्षेत्र र स्वयम्भू देखाइएको छ र काठमाडौँ उपत्यकाको दृश्य हेर्न पाइन्छ। माथिल्लो दुईटा चलचित्रका मुख्य पात्र दुवैले आफ्ना जीवनमा दुःख भेटेर नेपालमा उपचार खोज्न गएका छन्। नेपाल साँच्चै एउटा अरुलाई शान्त र सुख दिनसक्ने मुलुक हो।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button