‘चीनको तिब्बत (सिचाङ) सम्बन्ध सांस्कृतिक उत्सव’ शनिबारदेखि काठमाडौंमा

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल–चीन सम्बन्ध केवल कूटनीतिक सीमामा मात्र सीमित नरहेको बताउँदै यो सम्बन्ध साझा इतिहास, संस्कृति, धर्म, सभ्यता र जनजीवनमा आधारित रहेको उल्लेख गर्नुभयो ।

शनिबारबाट सुरु भएको ‘चीनको तिब्बत (सिचाङ) सम्बन्ध सांस्कृतिक उत्सव’ मा बोल्दै उपाध्यक्ष घिमिरेले “प्राचीनकालदेखि नै तिब्बत एक विशेष सांस्कृतिक पहिचान, धार्मिक परम्परा र स्वायत्त सामाजिक संरचनाको केन्द्र रहँदै आएको बताउनुभयो। हिमाल यी दुई राष्ट्रका लागि प्राकृतिक रूपले जोड्ने माध्यम बनेका छन्,” उहाँले भन्नुभयो। “सन् २०२५ नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव हो। यो ऐतिहासिक अवसरमा दुवै देशका सरकार र जनताबिचको सम्बन्धलाई अझ मजबुत र समृद्ध बनाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्,” उहाँले भन्नुभयो, “म विश्वस्त छु कि यस्ता प्रयासले हाम्रो सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्‍याउने छ।”

नेपालका लागि चिनियाँ राजदूत छन सोङ र हाल नेपाल भ्रमणमा रहनुभएका चिनियाँ सिचाङ प्रतिनिधि मण्डलका प्रमुख तथा चीनको सिचाङ अन्तर्राष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लुओ जुनले कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। गोरखापत्र अनलाइनका अनुसार सो अवसरमा चिनियाँ राजदूत छन सोङले ‘सिचाङ (तिब्बत) संस्कृति चिनियाँ सभ्यताको विविध तर एकीकृत संरचनाको अभिन्न अङ्ग भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “उत्सव आयोजना गर्नुको मुख्य उद्देश्य भनेको सांस्कृतिक प्रस्तुति, गोष्ठी, फोटो प्रदर्शनी र अन्य कार्यक्रमबाट अतिथिले ऐतिहासिक गौरव बढाउनु हो।”

राजदूत छनका अनुसार यसले आर्थिक, व्यापारिक र सांस्कृतिक आदानप्रदानले पूर्ण रूपमा प्रमाणित गर्छ । चीन र नेपालबिचको सम्बन्ध आपसी सम्पर्क विस्तार गर्नु दुवै देशको विकास आवश्यकतासँग मेल खान्छ। चीन र नेपालबिचको सम्बन्ध अझ प्रगाढ बनाउँछ।

कार्यक्रममा लुओ गत ७० वर्षको अवधिमा उच्च हिमाल र लामो नदीनालाको बिचमा पनि गहिरिँदो मित्रताको कथा लेखिएको बताउनुभयो। उहाँले थप्नुभयो, “चाहे त्यो सगरमाथाको शिखरमा होस् वा बागमती नदीको किनारमा। उक्त सांस्कृतिक उत्सव चार दिनसम्म चल्ने छ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button