अन्तर्राष्ट्रिय द्वन्द्वमा नेपाली दृष्टिकोणको सशक्त प्रस्तुति

काठमाडौं, जून २५ — इजरायल–ईरान तनाव र डोनाल्ड ट्रम्पको सिजफायर आह्वानसँगै उत्पन्न अन्तर्राष्ट्रिय परिस्थिति, दक्षिण एसियाको शक्ति सन्तुलन, र नेपालको परराष्ट्र नीति सम्बन्धमा प्रेम सागर पौडेलले नेपालकाे राष्ट्रिय टेलिभिजन प्राईम टाईम्सकाे अन्तर्वार्तामा गहिरो विश्लेषण प्रस्तुत गर्नुभयो।
कार्यक्रममा बोल्दै पौडेलले भने, “नेपाल स्वतन्त्र राष्ट्र हो – हामी कुनै पनि शक्ति सन्तुलनको गोटी होइनौं। हाम्रो परराष्ट्र नीति आत्मसम्मान, भूगोल र जनताको हितमा आधारित हुनुपर्छ।”
पौडेलले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गरिएको सिजफायर आह्वानलाई मानवतावादी भन्दा बढी राजनीतिक रणनीतिको रूपमा व्याख्या गरे। उनले भने, “यो कदम ट्रम्पको चुनावी अभियान, नेतन्याहूप्रतिको असन्तुष्टि, र आफ्ना कानुनी मुद्दाबाट ध्यान मोड्ने प्रयास हो।”
दक्षिण एसियामा यस द्वन्द्वले निम्त्याएको असरबारे उनले भारतको चाबहार परियोजना, तेल मूल्यमा भएको वृद्धि, पाकिस्तानको सीमागत चिन्ता, र नेपाली श्रमिकहरूको सुरक्षामा देखिएको जोखिमको बारेमा गहिरो चिन्ता व्यक्त गरे।
नेपालले कुनैपनि शक्तिपक्षमा नझुकी सन्तुलन, विवेक र दीर्घकालीन हितको बाटो रोज्नुपर्नेमा प्रेम सागर पौडेलले विशेष जोड दिए। उनले सुझाए, “शान्ति, सहकार्य र संवेदनशीलताको नेपाली मार्गदर्शन अन्तर्राष्ट्रिय समुदायका लागि पनि एक उदाहरण हुन सक्छ।”
हेर्नुहोस् पूर्ण अन्तर्वार्ता
🔹 YouTube: FtVSDSdZzAE




