पतञ्जलि जग्गा खरिद प्रकरण अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने माधव नेपालको जिकिर

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि जग्गा खरिदमा हदबन्दी छुटको निर्णय नीतिगत निर्णय भएको दाबी गरेका छन् ।

बुधबार विशेष अदालतमा बयानका क्रममा पूर्वप्रधानमन्त्री नेपालले यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने दाबी गरेका हुन् ।

उनको बयान सकिएलगत्तै अहिले थुनछेकको बहस चलिरहेको छ । थुनछेक बहसका क्रममा अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका थिए ।

बहसका क्रममा पन्तले प्रधानमन्त्रीले संवेदनशील मुद्दामा नीतिगत निर्णयका नाममा अमुक कम्पनीलाई ठाडो आदेशमा प्रस्ताव ल्याउन लगाइ गराएको निर्णय नीतिगत नहुने बताए ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button